काठमाडौं उपत्यकामा थपिए ३ हजार सङ्क्रमित
आज काठमाडौं उपत्यकामा तीन हजार १४३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, काठमाडौंमा दुई हजार ४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जनामा कोरोना देखिएको हो। बुधबार काठमाडौंमा दुई हजार ४१, ललितपुरमा ५६६ र भक्तपुरमा २९३ जनामा कोरोना देखिएको थियो।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि ५४ हजार ८६३ पुगेको छ। जसमध्ये काठमाडौंमा ३८ हजार ८५९, ललितपुरमा १० हजार ३९० र भक्तपुरमा पाँच हजार ६१४ जना सक्रिय सङ्क्रमित छन्।
आज काठमाडौंसँगै १२ जिल्लामा एक सयभन्दा बढी सङ्क्रमित थपिएका छन्। जसमा झापामा १०६, सुनसरीमा १५८, मोरङमा २८१, धनुषामा ११५, चितवनमा १२७, कास्कीमा ३९३, बाँकेमा १०६, रुपन्देहीमा १४३ र कैलालीमा १८४ जनामा कोरोना पुष्टि भएको छ।
आज देशभर आठ हजार १७ जनामा कोरोना देखिएको छ भने १५ जनाको मृत्यु भएको छ।