काठमाडौंमा ७ माघ रातिदेखि जोर-बिजोर लागू, के छ नयाँ आदेशमा?
कोरोनाभाइरसको सङ्क्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा सवारी साधनमा जोर-बिजोर प्रणाली लागू हुने भएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार राति नयाँ आदेश जारी गर्दै स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेको हो। निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जारी गरेको आदेशमा ७ माघ राति १२ बजेदेखि जोर-बिजोर प्रणाली लागू हुने जनाइएको छ।
अब शुक्रबार रातिदेखि जोर दिनमा जोर नम्बर र बिजोर दिनमा बिजोर नम्बर मात्रै चलाउन पाइने भएको छ। सार्वजनिक तथा निजी सवारी साधनमा पनि यो नियम लागू हुनेछ। त्यस्तै, दुईपांग्रे सवारी साधनमा पनि जोर-बिजोर नियम लागू हुने आदेशमा उल्लेख छ।
यससँगै सार्वजनिक सवारी साधनमा सीटभन्दा बढी यात्रु राख्न पाइनेछैन भने मास्क अनिवार्य गरिएको छ। मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा प्रवेश गर्न रोक लगाइएको छ।