कांग्रेस महामन्त्रीको मतगणना केही बेरमा हुँदै
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि भएको चुनावमा आज मतगणना हुन लागेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही बेरमा महामन्त्रीको मतगणना हुनेछ। महामन्त्रीका दुई पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको छ।
सोमबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की भिडेका हुन्।
कांग्रेस सभापति र उपसभापतिको मतगणना भइसकेको छ। सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्। खड्का देउवा समूहबाट र गुरुङ डा. कोइराला समूहबाट निर्वाचित भएका हुन्।