उपसभापतिमा पूर्णबहादुर खड्काले लिए अग्रता
नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्काले अग्रता लिएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ३५ सय मतगणना हुँदा पूर्णबहादुर खड्काले १६३४, विजयकुमार गच्छदारले १४४३, धनराज गुरूङले १४३७, चन्द्र भण्डारीले १२५८ मत पाएका छन्।
त्यस्तै, सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेका छन्।
कांग्रेसका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मतदान गरेका थिए।
उपसभापतिको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा भइरहेको छ। सभापतिको मतगणना भने राष्ट्रिय सभागृहमा भएको थियो।
कांग्रेस उपसभापतिमा सात जना उम्मेदवार छन्। पहिलो र दोस्रो हुने उम्मेदवार उपसभापतिमा निर्वाचित हुनेछन्।