कांग्रेस उपसभापतिमा देउवा समूहका खड्का जित नजिक*
नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का जित नजिक पुगेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ३५ सय मतगणना हुँदा खड्काले १६३४ मत पाएका छन्।
त्यस्तै, विजयकुमार गच्छदारले १४४३, धनराज गुरूङले १४३७, चन्द्र भण्डारीले १२५८, सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेका छन्।
कांग्रेसका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मतदान गरेका थिए।
उपसभापतिको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा भइरहेको छ। सभापतिको मत गणना भने राष्ट्रिय सभागृहमा भएको थियो।
कांग्रेस उपसभापतिमा सात जना उम्मेदवार छन्। पहिलो र दोस्रो हुने उपसभापतिमा निर्वाचित हुनेछन्।
*पूर्णबहादुर खड्का हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचना सहित सच्याइएको छ।