उपसभापतिमा ३४०० मत गन्दा चार जनाबीच प्रतिस्पर्धा
नेपाली कांग्रेसको उपसभापतिमा ३४०० मतगणना हुँदा चार जनाबीच प्रतिस्पर्धा देखिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, धनराज गुरूङले १३६५, चन्द्र भण्डारीले १२९८, पूर्णबहादुर खड्काले १२९२ र विजय गच्छदारले ८७६ मत पाएका छन्।
कुनै गुटमा नलागेर उम्मेदवारी दिएका महेश आचार्य पाँचौं नम्बरमा छन्। उनले ३६३ मत पाएका छन्।
कांग्रेसका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मतदान गरेका थिए।
उपसभापतिको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा भइरहेको छ। सभापतिको मतगणना भने राष्ट्रिय सभागृहमा भएको थियो।
कांग्रेस उपसभापतिमा सात जना उम्मेदवार छन्। पहिलो र दोस्रो हुने उपसभापतिमा निर्वाचित हुनेछन्।