उपसभापतिमा ३००० मत गन्दा कसको कति?
नेपाली कांग्रेसको उपसभापतिमा ३००० मतगणना भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, अहिलेसम्म धनराज गुरूङले १२६०, चन्द्र भण्डारीले ११७५, पूर्णबहादुर खड्काले ८९०, विजय गच्छदारले ८२२ र महेश आचार्यले ३५० मत पाएका छन्।
त्यस्तै, सुजाता कोइरालाको १३८ र दिव्यश्वरी शाहको ३५ मत रहेको छ।
उपसभापतिको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा भइरहेको छ। सभापतिको मतगणना भने राष्ट्रिय सभागृहमा भएको थियो।
कांग्रेस उपसभापतिमा सात जना उम्मेदवार छन्। पहिलो र दोस्रो हुने उपसभापतिमा निर्वाचित हुनेछन्।