कांग्रेस उपसभापतिमा खड्का र गुरुङलाई अग्रता
नेपाली कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले शुरुआती अग्रता लिएका छन्।
खड्काले ५०१ र गुरुङले ५४३ मत पाएका छन्। विजय गच्छदारको ४५४ र चन्द्र भण्डारीले ४७२ भोट प्राप्त गरेका छन्।
सुजाता कोइरालाको १३८, महेश आचार्य १२३ र दिव्यश्वरी शाहले ३५ मत पाएकी छन्।
पहिलो र दोस्रो स्थानमा उम्मेदवार उपसभापति निर्वाचित हुनेछन्। १४औं महाधिवेशनमा ४ हजार ६७९ मत खसेको छ।