कांग्रेस उपसभापति पदको मतगणना पार्टी केन्द्रीय कार्यालयमा
नेपाली कांग्रेसका उपसभापति पदका लागि भएको चुनावको मतगणना ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरू भएको छ।
बुधबार साँझबाट तीन ठाउँमा गणना शुरू गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। पार्टी सभापतिको मतगणना सकिएपछि उपसभापतिको गणना शुरू भएको हो।
दुई उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला, दिव्येश्वरी शाह र महेश आचार्यले उम्मेदवारी दिएका छन्। कांग्रेसको १४औं महाधिवेशनमा विभिन्न पदका लागि ४६७९ जनाले मतदान गरेका छन्।