देउवालाई जितका लागि २९९ मत आवश्यक
शेरबहादुर देउवालाई नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि २९९ मत आवश्यक छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ३३१८ मत गणना हुँदा देउवाले १९८४ मत प्राप्त गरेका छन्। जितका लागि २२८३ मत आवश्यक पर्छ।
अहिलेसम्मको मत परिणाम अनुसार, सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले १३०९ मत प्राप्त गरेका छन्। अब गणना गर्न १२४६ मत बाँकी छ।
काठमाडौंको राष्ट्रिय सभागृहमा राति सवा ११ बजेदेखि मतगणना शुरू भएको हो। मंगलबार अपराह्न साढे ३ बजेबाट शुरू भएको मतदान राति साढे ९ बजे सकिएको थियो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ४७४३ मतदातामध्ये ४५६४ जनाले मतदान गरेका छन्। सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ।