सभापतिमा २६५७ मत गन्दा देउवाको ६० प्रतिशतभन्दा बढी
आधाभन्दा बढी मत गणना भइसक्दा कांग्रेस सभापतिका प्रत्याशी शेरबहादुर देउवाले ६० प्रतिशतभन्दा बढी मत पाएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, २६५७ मत गणना हुँदा देउवाले १५९८ मत पाएका छन्। त्यस्तै, डा. शेखर कोइरालाले १०३८ मत प्राप्त गरेका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा राति सवा ११ बजेदेखि मतगणना शुरू भएको हो। मंगलबार अपराह्न साढे ३ बजेबाट शुरू भएको मतदान राति साढे ९ बजेसम्म जारी थियो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ४७४३ मतदातामध्ये ४५६४ जनाले मतदान गरेका छन्। सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ।