२००० गन्दा देउवाको ११७३, कोइरालाको ८१० मत
नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा २००० मतगणना भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, शेरबहादुर देउवाले ११७३ मत पाएका छन्। त्यस्तै, सभापतिका अर्का प्रत्याशी डा. शेखर कोइरालाले ८१० मत प्राप्त गरेका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा राति सवा ११ बजेदेखि मतगणना शुरू भएको हो। मंगलबार अपराह्न साढे ३ बजेबाट शुरू भएको मतदान राति साढे ९ बजेसम्म जारी थियो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ४७४३ मतदातामध्ये ४५६४ जनाले मतदान गरेका छन्। सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ।