सभापतिका १८०० मतगणना हुँदा देउवाका १०४०
नेपाली कांग्रेसको सभापतिका १८०० मतगणना हुँदा शेरबहादुर देउवाले आधाभन्दा बढी मत प्राप्त गरेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, देउवाले १०४० मत पाएका छन्। त्यस्तै, सभापतिका अर्का प्रत्याशी डा. शेखर कोइरालाले ७४१ मत प्राप्त गरेका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा राति सवा ११ बजेदेखि मतगणना शुरू भएको हो। मंगलबार अपराह्न साढे ३ बजेबाट शुरू भएको मतदान राति साढे ९ बजे सकिएको थियो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ४७४३ मतदातामध्ये ४५६४ जनाले मतदान गरेका छन्। सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ।