कांग्रेस सभापतिमा १३०० मत गन्दा कसको कति?
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले मतान्तर फराकिलो बनाएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १३०० मत गणना हुँदा देउवाले ७६१ मत प्राप्त गरेका छन्। त्यस्तै, सभापतिका अर्का प्रत्याशी डा. शेखर कोइरालाले ५२७ मत प्राप्त गरेका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा राति सवा ११ बजेदेखि मतगणना शुरू भएको हो। मंगलबार अपराह्न साढे ३ बजेबाट शुरु भएको मतदान राति साढे ९ बजे सकिएको थियो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ४७४३ मतदातामध्ये ४५६४ जनाले मतदान गरेका छन्। सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ।