एमाले केन्द्रीय कमिटी बैठकको १५ बुँदे कार्यसूची तय
नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठकमा १५ बुँदे कार्यसूचीमाथि छलफल हुने भएको छ।
स्थायी कमिटी, पोलिटब्यूरो, सल्लाहकार परिषद् गठन, नेताहरूको वरीयता निर्धारण लगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
दुई दिनसम्म चल्ने बैठक २५ मंसीर बिहान ११ बजे गठ्ठाघर, भक्तपुरमा शुरू हुने एमालेले जनाएको छ। चितवनमा दशौं महाधिवेशन सम्पन्न गरेपछिकाे एमालेको यो दोस्रो केन्द्रीय कमिटी बैठक हो। महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ।