एनसेल र राकुटेन भाइबरको साझेदारी
एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेका छन्।
यस समझदारी अन्तर्गत, ग्राहकले धेरै रुचाएका हिरो प्याक, ननस्टप युट्युब, ट्रिपल मजा र एसएमएस प्याकको खरीदमा भाइबर चलाउनका लागि थप डाटा निःशुल्क पाउनेछन्।
यी प्याकका साथ भाइबर म्यासेजिङका लागि पाइने डाटामा अतिरिक्त शुल्क लाग्दैन। त्यसैगरी, एनसेल ग्राहकले भाइबरको स्टिकरमा निःशुल्क पहुँच पाउँछन् र खरीद गरेपछि मात्र पाइने ‘पेड स्टिकर प्याक’ पनि निःशुल्क हुने जनाइएको छ।
ग्राहकले एनसेल एप, एनसेलको प्वाइन्ट अफ सेल्स, एनसेल सेन्टर वा एस्ट्रिक १७१२३ ह्यास डायल गरेर डाटा प्याकको सुविधा लिन सक्छन्।