उपल्लो डोल्पामा हिमपात (तस्वीरहरू)
चिसो बढ्न थालेसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ। निरन्तरको हिमपातले उपल्लो डोल्पाको धोगाउँ सेताम्य भएको छ।
डोल्पोबुद्ध गाउँपालिका-१ धोगाउँका घर हिउँले ढाकिएका छन्। आकाश खुले पनि हिउँ जमेकाले घर बाहिर निस्कन गाह्रो भएको छ।
हिउँले बाटो छोपिएपछि स्थानीय बासिन्दा चौंरीको सहारामा सरसामान ओसारपसार गर्न थालेका छन्। यस क्षेत्रमा ढुवानीका लागि चौंरीकै प्रयोग गरिन्छ।