संसद्काे दुवै सदनको अधिवेशन आह्वान
राष्टपति विद्यादेवी भण्डारीले संसद्काे दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले २८ मंसीरको लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।
२८ मंसीर दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक बस्नेछ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को १६ मंसीरको सिफारिशमा संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।