शिवम् सिमेन्टद्वारा ५०० निर्माणकर्मीको जोखिम बीमा
शिवम् सिमेन्ट लिमिटेडले गण्डकी प्रदेशका ५०० जना निर्माणकर्मीको जोखिम बीमा गरेको छ।
पोखरा सहित प्रदेशका १० स्थानमा सम्पन्न निर्माणकर्मीसँगको प्राविधिक छलफल कार्यक्रममा उनीहरूलाई सुरक्षा सम्बन्धी परामर्श दिइएको र जोखिम वहन बीमा गरिएको हो।
शिवम् सिमेन्टले हरेक निर्माणकर्मीका लागि रु.५ लाखको दुर्घटना बीमा गरी पोलिसी सोही कार्यक्रममा हस्तान्तरण गरेको थियो।
शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १ हजार ५०० भन्दा बढी निर्माणकर्मीसँग छलफल तथा उनीहरूको जोखिम बीमा गरिसकेको छ।