राष्ट्रपतिद्वारा ६ अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन्।
मन्त्रिपरिषद्ले गरेको सिफारिश अनुसार, राष्ट्रपति भण्डारीले बुधबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ६ अध्यादेश जारी गरेकी हुन्।
यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) २०७८ अध्यादेश जारी भएको छ।
त्यस्तै, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश, २०७८ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।