अमेरिकामा जेनिस सोलुशन लिमिटेडको शाखा
डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सोलुशनले संयुक्त राज्य अमेरिकामा शाखा कार्यालय खोलेको छ।
बेलायतमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बाङ्लादेश, अस्ट्रेलिया र फिनल्यान्डमा कार्यालय छन्।
जेनिस सोलुशन अमेजन वेब सर्भिसेज, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवा प्रदायक कम्पनी हो।
अमेरिकास्थित नयाँ कार्यालयबाट जेनिसले सिलिकन भ्याली र फर्चुन ५०० कम्पनी लगायतमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
जेनिसले एडब्लूएस, गुगल, माइक्रोसफ्ट, अलिबाबा क्लाउड लगायत विश्वचर्चित क्लाउड सेवा प्रदायक कम्पनीसँगको साझेदारीमा विश्वभर सेवा प्रदान गर्दै आएको छ।
अमेरिकी बजारमा चाहिं उच्च गुणस्तरका डेभ अप्स, क्लाउड माइग्रेशन्स, क्लाउड नेटिभ डेभलपमेन्ट्स, एसईओ, व्यवस्थित सूचना प्रविधि तथा सुरक्षा सेवा प्रतिस्पर्धी दरमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।