शिवम् सिमेन्टले गर्यो निर्माणकर्मीको दुर्घटना बीमा
शिवम् सिमेन्ट लिमिटेडले देशभरका प्राविधिक तथा निर्माणकर्मीसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम गरेको छ।
कार्यक्रममा कम्पनीले भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै सहभागी निर्माणकर्मीको लागि ५ लाख बराबरको दुर्घटना बीमा समेत गरेको छ।
जोखिमलाई ख्याल राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीका लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको जनाएको छ।
पहिलो चरणमा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी लगायत जिल्लाका एक हजारभन्दा बढी निर्माणकर्मीसँग प्राविधिक अन्तर्क्रिया गरी उनीहरूको बीमा गराइएको छ।
अन्तर्क्रिया कार्यक्रममा अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने समस्या समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरक, उद्योगी, व्यवसायी लगायतको उपस्थिति समेत थियो।