टाटा मोटर्सको एक्सचेन्ज क्याम्प
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेहिकलको एक्सचेन्ज क्याम्प शुरू गरेको छ।
३ मंसीरबाट शुरू भएको क्याम्प ७ मंसीरसम्म देशभरका टाटा शोरुममा चल्नेछ। यस कार्यक्रममा सहभागी भई टाटाको अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सन इभी, टियागो, टिगोर लगायतका गाडीको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।
अन्य कम्पनीका गाडीसँग एक्सचेन्ज गर्दा आकर्षक मूल्याङ्कनका साथै बोनस पनि प्राप्त हुने कम्पनीले जनाएको छ।
एक्सचेन्ज क्याम्पमा फाइनान्सको सुविधा, गाडीको एसिसरिज, एक वर्षको सवारी कर र टेस्ट ड्राइभमा आकर्षक उपहार समेत रहेको छ।