एलएएनको पिछडिएको क्षेत्र लक्षित कार्यक्रम
लिडरसिप एकेडेमी नेपाल (एलएएन)ले फोर्ड फाउन्डेशनद्वारा प्रर्वद्धित कार्यक्रमको कार्यान्वयन गर्दै आएको छ।
पिछडिएका समुदायको हितमा काम गर्ने गैरसरकारी संस्था मार्फत उक्त कार्यक्रम कार्यान्वयन भइरहेको छ। यस सम्बन्धी काठमाडौंमा आयोजित समारोहमा अल्पसङ्ख्यक, दलित तथा पिछडिएका समुदायका तर्फबाट २६ जना प्रतिनिधि सहभागी थिए।
समारोहमा एलएएनका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक डा. अरुणराज जोशी र चिफ अपरेटिङ अफिसर जयेन्द्र रिमालले आफ्नो भनाइ प्रस्तुत गरेका थिए। समारोहमा सहभागीको भनाइ सहितको खुला छलफल पनि चलाइएको थियो।
यस कार्यक्रमले अल्पसङ्ख्यक, दलित तथा पिछडिएका क्षेत्रको उत्थानमा संलग्न गैरसरकारी संस्थालाई थप बलियो बनाउन मद्दत गरिरहेको छ।