दराज ११.११ को पहिलो घण्टामै ६ करोडको कारोबार
२४ घण्टाभित्र ७ लाख अनलाइन खरीदकर्तालाई सेवा प्रदान गर्दै दराज ११.११ को चौथो संस्करण सम्पन्न भएको छ।
११.११ अन्तर्गत २४ घण्टाभित्र ३६ करोडभन्दा बढीको सामग्री बिक्री भएको कम्पनीले जनाएको छ। ११.११ अभियान शुरू भएको पहिलो घण्टामै ६ करोडको सामग्री बिक्री भएको थियो। यो गत वर्षको पहिलो घण्टाको भन्दा १३० प्रतिशतले बढी हो।
यस वर्ष ५० प्रतिशतभन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्ट मार्फत भएको छ। कम्पनीले सात लजिस्टिक पार्टनर र एक हजार डेलिभरी राइडरसँग मिलेर ४७ शहरबाट अर्डर आएको सामान डेलिभरी गर्नमा ध्यान केन्द्रित गरेको जनाएको छ।