खुकुरी रमको नयाँ प्याकेजिङ
खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ सार्वजनिक गरेको छ।
२० वर्षदेखि अस्तित्वमा रहेको प्याकेजिङ परिवर्तन गरी नयाँ प्याक सार्वजनिक गरिएको हो। खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टिलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो।
स्थापनाको ६२औं वर्षमा लन्डनको कम्पनीले डिजाइन गरेको नयाँ प्याक सार्वजनिक गरिएको द नेपाल डिस्टिलरिजले जनाएको छ। नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्परा झल्किने डिजाइन समावेश गरिएको कम्पनीको भनाइ छ। ब्लेन्ड र स्वादमा भने कुनै परिवर्तन गरिएको छैन।
पुरानो प्याकको अन्तिम ब्याचको उत्पादन एक महीनाअघि नै बन्द गरिएको थियो। नेपाल बाहेक १३ देशमा उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको हो।