चन्द्रागिरि हिल्सलाई ‘बेस्ट लक्जरी’ रिसोर्टको अवार्ड
चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ।
भारतको नयाँदिल्लीमा २६ कात्तिक साँझ आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र भारतका पूर्व मन्त्री एवं राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गरेका हुन्।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्ट लगायत पूर्वाधार निर्माण गरेर एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरेको छ।