भारतीय बजारमा टाटा मोटर्सको १३.७ प्रतिशत बजार हिस्सा
टाटा मोटर्सले अक्टोबर २०२१ मा भारतीय बजारमा ३३ हजार ९२६ युनिट्सको सञ्चयी घरेलु ट्यालीमा नयाँ उपलब्धी हासिल गरेको छ।
गत वर्ष यही अवधिमा २३ हजार ६०० युनिट्स थियो। सेप्टेम्बर २०२१ को तुलनामा २५ हजार ७२७ युनिट्ससहित टाटा ब्रान्डको भारतमा ३२ प्रतिशत वृद्धि रह्यो।
एक दशकभन्दा बढी समय ब्रान्डका लागि काम गरिरहँदा २०२० को यही अवधिमा सबैभन्दा धेरै ७.४ प्रतिशत हासिल गरेको थियो।
त्यसमा पनि अहिले ६.४ प्रतिशतको वृद्धि थपेर घरेलु निर्माताले अघिल्लो महीना १३.७ प्रतिशत बजार हिस्सेदारी हासिल गरेको छ।
अघिल्लो महीना सबै कार निर्माताहरूको बीच ६.४ प्रतिशतको बजार हिस्सेदारी वृद्धि गर्दै मारुती, सुजुकी र हुन्डाईपछि समग्र बिक्री तालिकामा तेस्रो स्थानमा रह्यो, टाटा। टाटाले दोस्रो स्थानमा रहेको हुन्डाईसँगको अन्तरलाई पनि कम गरेको छ। गत महीना भारतीय बजारमा टाटा र हुन्डाईबीच ३ हजार ९५ युनिट्सको मात्रै फरक छ।
टाटाले केही हप्ता पहिले बजेट–मैत्री पन्च माइक्रो एसयूभी ल्याएको छ। भारतीय बजारमा यसको मूल्य ५.४९ रुपैयाँ पर्छ।
सुरक्षा रेटिङमा फाइभ–स्टार ग्लोबल एनक्याप प्राप्त कार हो– पन्च। यो १.२ लिटर थ्री–सिलिन्डर रेभोट्रोन इन्जिनद्वारा सञ्चालित छ, जसले ८६ पीएस म्याक्सिमम पावर र ११३ एनएम पीक टर्क दिन्छ। साथै यसमा स्ट्यान्डर्डका रूपमा फाइभ स्पीड म्यानुअल ट्रान्समिसन र विकल्पका रूपमा फाइभ स्पीड एमटी पनि छ। यस वर्षको शुरूआतमा टाटाले थ्री–रो सफारी सार्वजनिक गरेको थियो।