एनसेलको सहयात्री सिम ग्लोबल आइएमईका ग्राहकलाई
ग्लोबल आइएमई ब्यांकका ग्राहकले एनसेलको सहयात्री सिम प्राप्त गर्ने भएका छन्।
ग्राहकले ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र मोबाइल ब्यांकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड पाउनेछन् ।
ग्राहकले ब्यांकको ग्लोबल स्मार्ट प्लस एप प्रयोग गर्न २५० एमबी डेटा निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।
त्यस्तै, रु. २० को मेन ब्यालेन्स, सात दिनको समयसिमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्नेछन्।
साथै ग्राहकले १२ महीनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस, भारत, मलेसिया तथा खाडी मुलुकमा कल गर्ने शुल्कमा छुट पनि पाउनेछन्।
ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता वैदेशिक रोजगारीमा रहेका कामदार र उनीहरूका परिवार लक्षित खाता हो।