सामसङ विन्टर स्किमको पहिलो ‘लक्की ड्र’
सामसङ १ देखि ३० नोभेम्बरसम्म उपहार योजना सञ्चालन गरिरहेको छ।
योजनाअन्तर्गत प्रत्येक दिन तीन जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन्। पहिलो लक्की ड्रमा १ देखि ५ नोभेम्बरसम्मको अवधिलाई समेटिएको छ।
उपहार योजनामा सहभागी हुन सामसङ मोबाइल वा ट्याब खरीद गर्ने ग्राहकले सिरियल नम्बर ३१००३ मा एसएमएस गर्नुपर्नेछ। लक्की ड्र मार्फत विजेता बनेका ग्राहकले ७ दिनभित्र उपहार दाबी गरिसक्नुपर्ने कम्पनीले जनाएको छ।
योजनामा ग्राहकले देखाएको उत्साह र सहभागीताले कम्पनीलाई हौसला प्रदान गरेको सामसङ मोबाइलका निर्देशक प्रनयरत्न स्थापितले बताए।