मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने एमालेको निर्णय
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद रचना खड्काले बताइन्। “मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं। प्रस्तावको विपक्षमा मतदान गर्छौं,” सांसद खड्काले भनिन्।
मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभामा विश्वासको मत लिंदै छन्। यसका लागि प्रदेश सभा बैठक बोलाइएको छ।
बागमती प्रदेश सभामा अहिले १०९ सदस्य छन्। विश्वासको मतका लागि ५५ सदस्यको आवश्यकता पर्छ।
प्रदेश सभामा एमालेका ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझा पार्टीका तीन, नेमकिपा र राप्रपाका दुई-दुई सांसद छन्।