यस्तो छ एमालेको महाधिवेशन प्रतिनिधि छनोट निर्देशिका
नेकपा (एमाले)ले महाधिवेशन प्रतिनिधि छनोटका लागि नयाँ निर्देशन जारी गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ मापदण्ड सहित अन्तरपार्टी निर्देशन जारी गरेका छन्। ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन-१४ मा आगामी १०औं महाधिवेशनका लागि महाधिवेशन छनोट मापदण्डमा केही फेरबदल गरिएको छ।
एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था गरिएको छ। जसमा एक जना महिला अनिवार्य गरिएको छ। यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो।
एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिने भएको छ।