देउवाले बोलाए कांग्रेस केन्द्रीय समिति बैठक
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ कात्तिकमा बस्ने भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्। २८ कात्तिक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई आमन्त्रण गरिएको छ। बैठकमा १४औं महाधिवेशनसँगै समसामयिक विषयमा छलफल हुने जनाइएको छ।