यी हुन् एकीकृत समाजवादीले पूर्णता दिएका पाँच विभाग
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले पाँच वटा विभागलाई पूर्णता दिएको छ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा ११ सदस्यीय विदेश विभाग बनाएको छ। विदेश विभागको उपप्रमुखमा प्रमेश हमाल रहेका छन्।
त्यस्तै, सदस्यमा विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही रहेका छन्।
यसैगरी, महासचिव वेदुराम भुसालको नेतृत्वमा सङ्गठन विभागलाई पनि पूर्णता दिएको छ। सङ्गठन विभागको उपप्रमुखमा प्रकाश ज्वाला रहेका छन्। सदस्यमा अशोक कोइराला र बलदेव चौधरी छन्।
शिक्षा विभागको प्रमुखमा गङ्गालाल तुलाधर र उपप्रमुखमा लक्ष्मण केसी रहेका छन्। सदस्यमा कमला तुलाधर, चन्द्र ढकाल, उद्धव पोखरेल, गुणाखर गैर र सरोज खतिवडा छन्।
विपद् व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी पनि तुलाधरलाई नै दिइएको छ। यसमा सूर्यबहादुर थापा, आयाम पाण्डे, राजु थापा र विष्णु तिमिल्सना सदस्य छन्।
गोविन्द कोइराला प्रमुख रहेको सहकारी विभागको उपप्रमुखमा टेकप्रसाद चौलागाईं रहेका छन्। सदस्यमा नवराज अर्याल, माधवप्रसाद जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान छन्।
बुधबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले विभागलाई पूर्णता दिएको हो। यससँगै सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने निर्णय गरेको उपमहासचिव तुलाधरले जानकारी दिए।
यससँगै एकीकृत समाजवादीले २७ र २८ कात्तिकमा काठमाडौंमा केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाएको छ। पार्टीले आकर्षक नारा लेखिएका लाखौं स्टिकर छापी जनतामा वितरण गरेर पार्टीको प्रचार गर्ने निर्णय समेत बैठकले गरेको छ।