एमालेले शुरू गर्यो महाधिवेशन लक्षित प्रचार अभियान
नेकपा (एमाले)ले दशौं महाधिवेशनलाई लक्षित गरेर प्रचार अभियान शुरू गरेको छ।
एमाले प्रचार विभाग प्रमुख तथा महाधिवेशन प्रचार प्रसार उप-समितिका संयोजक योगेश भट्टराईले महाधिवेशन सफल पार्ने उद्देश्य अनुरूप व्यवस्थित रूपमा प्रचार-प्रसारको अभियान थालिएको बताए।
प्रचार–प्रसार उपसमितिले मंगलबार एमालेको जनवर्गीय सङ्गठनका प्रचार विभागका प्रमुख, विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार तथा प्रेस चौतारीका पदाधिकारीसँग छलफल गरेको छ।
छलफलका क्रममा सहभागीले केन्द्रीय प्रचार विभाग र प्रचार–प्रसार समितिले प्रचारको योजना बनाएर प्रदेश र जिल्लामा पठाउन सुझाव दिएका थिए।