दीपक मनाङेसँग कति छ सम्पत्ति?
गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार, उनीसँग सुन, चाँदी रहेको भए पनि आफ्नो नाममा घरजग्गा छैन। केही जग्गा पनि संयुक्त रहेको जनाएका छन्।
त्यस्तै, उनीसँगै २२ तोला सुन रहेको छ। त्यसमध्ये १५ तोला २०५४ सालमा र सात तोला २०५० सालमा खरीद गरेको उल्लेख गरेका छन्।
मन्त्री मनाङेसँग ४५ तोला चाँदी रहेको छ। यो २०६८ सालमा खरीद गरेको देखाएका छन्।
त्यस्तै, उनीसँग मुगाको माला ८३ तोला रहेको जनाएका छन्। यो पैतृक सम्पत्तिका रूपमा प्राप्त भएको उनले जनाएका छन्।
यससँगै उनले संघर्ष गाईभैंसी प्रालि मार्फत पशुपालन गर्दै आएको पनि जनाएका छन्। उनले २० भैंसी र पाँच वटा गाई रहेको सम्पत्ति विवरणमा खुलाएका छन्।
मनाङेले नगदभन्दा बढी ऋण रहेको विवरण पेश गरेका छन्। उनले एभरेष्ट ब्यांकमा १० लाख ४९ हजार २३६ रुपैयाँ बचत रहेको जनाएका छन्।