टाटा एनआरजीको नयाँ भर्सन
टाटा मोटर्सले एनएआरजी ह्याचब्याक कारको नयाँ मोडल सार्वजनिक गरेको छ।
यसमा हेडलाइट र फन्ट ग्रिल दुवै ठूलो बनाइएको छ। नयाँ भर्सनमा ब्ल्याक रुफ, ब्ल्याक मिरर, ब्ल्याक बम्पर र ब्ल्याक ह्वील क्याब राखिएको छ।
एनआरजीले ग्राउन्ड क्लियरेन्स पनि बढाएर १८१ एमएम पुर्याएको छ। क्यामेरा पनि ब्ल्याक रङको प्रयोग गरिएको छ।
१५ इन्च टायर साइज भएको कारको ड्यासबोर्ड पनि परिवर्तन गरेर युजर–फ्रेन्ड्लीे बनाइएको छ।
सुरक्षामा ग्लोबल एनक्यापले यसलाई ४ रेटिङ दिएको छ। रिभर्स पार्किङ क्यामेरा सिस्टम पनि जडान गरिएको छ।
नयाँ एनआरजीमा हार्मन स्पीकर छ। १.२ पेट्रोल इन्जिनमा आउने गाडीमा २४२ लिटर बूट स्पेश छ।
५ स्पीड एमटी र एमएमटी दुवै प्रणाली यसमा उपलब्ध छ। नयाँ एनआरजीको मूल्य ३१ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।