चन्द्रागिरिका महाप्रबन्धकलाई वर्ल्ड बूक अफ रेकर्डस् सम्मान
बेलायतस्थित वर्ल्ड बूक अफ रेकर्डस्ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा पुर्याएको योगदानका लागि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई सम्मान गरेको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानद्वारा सम्मानित गरेका हुन्।
व्यावसायिक र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तिलाई सम्मान गर्दै जाने परम्परा अनुरूप शाहलाई सम्मान गरिएको वर्ल्ड बूक अफ रेकर्डस् नेपाल च्याप्टर प्रमुख सागर कटुवालले जानकारी गराए।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्ट लगायत पूर्वाधार निर्माण गरेर एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरेको छ।