‘टीभीएस रेडर’ मोटरसाइकलको बुकिङ शुरू
शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले १२५ सीसीको टीभीएस रेडर सार्वजनिक गरेको छ।
रेडरमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्री भीआई–टच स्टार्ट, एलईडी हेड ल्याम्प, अन्डर सिट स्टोरेज जस्ता विशेषता छन्।
रेडरमा एअर तथा आयल कुल्ड थ्रीभी इन्जिनको प्रयोग गरिएको छ। यसले ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ।
यसले ० देखि ६० किलोमिटर प्रति घण्टाको एक्सिलिरेशन ५.७ सेकेन्डमा प्राप्त गर्ने कम्पनीले दाबी गरेको छ।
यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रन्ट सस्पेन्शन र स्प्लिट सीट, ५ स्पिड गियरबक्स र १७ इञ्च अलोय चंकी टायरको प्रयोग गरिएको छ।
रेडर स्ट्राइकिङ रेड, ब्लेजिङ ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार रङमा उपलब्ध छ।
यसमा टीभीएस मोटर कम्पनीको नवप्रवर्तनात्मक पृथक् र बोल्ड डिजाइन थीमको प्रयोग गरिएको छ। नयाँ मोटरसाइकलमा पृथक् माचो पर्सनालिटी र विशेष लोगोको प्रयोग गरिएको छ। बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ।