चेरीको टिग्गो–४ प्रो एसयूभी सार्वजनिक
एसपीजी अटोमोबाइल्स प्रालिले चेरीको टिग्गो–४ प्रो एसयूभी सार्वजनिक गरेको छ।
१.५ लिटर नेचुरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लिटर नेचुरल्ली एस्पिरेटेड सीभीटी र १.५ लिटर टर्बो चार्जड ९ स्पीड गिएर बक्स सीभीटी इन्जिन सहित टिग्गो–४ प्रो तीन भेरियन्टमा उपलब्ध छ।
एसपीजी अटोमोबाइल्सका अनुसार, टिग्गो–४ प्रो १.५ लि. को मूल्य ४६ लाख २० हजार तोकिएको छ। त्यस्तै, १.५ सीभीटीको ५२ लाख ५० हजार र १.५ लि. टर्बो सीभीटीको ५८ लाख ४० हजार तोकिएको छ।
नयाँ टिग्गो–४ प्रो ४३१८ एमएम लम्बाइ, १८३० एमएम चौडाइ, २६१० एमएम ह्वीलबेस र १६७० एमएमको उचाइ छ। यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ भने बुट स्पेस ३४० लिटरको छ।
यसका साथै डायमन्ड इन्टेक ग्रिल, क्रिस्टल डायमन्ड लेन्स एलईडी हेडलाइट, जी–टाइप डीआरएल र साइड स्कर्ट जस्ता स्पोर्टी विशेषता छन्।
टिग्गो–४ प्रोमा पावर्ड सनरुफका साथै ड्राइभर सिटमा ६ वे एडजस्टमेन्ट लेदर सीट छ।
यसमा पुस स्टार्ट बटन र पीईपी एस रिमोट स्टार्ट प्रणाली समावेश गरिएको छ। सुरक्षाका लागि ६ रिङ एअरब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, हिल स्टार्ट असिस्ट (कन्ट्रोल), अटो होल्ड जस्ता प्रिमियम प्रविधि समावेश छन्।
टिग्गो–४ प्रो एसयूभी ६ रङ्गमा उपलब्ध छ।