एमाले महाधिवेशन तयारी कमिटीमा दुई सदस्य थप
नेकपा (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीलाई २३ सदस्यीय बनाएको छ।
ललितपुरमा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई थप गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
आगामी मंसीरमा हुने महाधिवेशनका लागि यसअघि नै रामबहादुर थापाको संयोजकत्वमा तयारी कमिटी गठन गरिएको थियो।
महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधिले भाग लिने ज्ञवालीले बताए। २७ कात्तिकमा देशभरि प्रतिनिधि चयन गरिने भएको छ। स्थायी कमिटीले गरेको प्रस्तावमा केन्द्रीय कमिटीले करीब चार सय प्रतिनिधि थप गर्ने निर्णय गरेको हो।
केन्द्रीय कमिटीको अन्तिम बैठक ९ मंसीरमा चितवनको सौराहामा बस्ने ज्ञवालीले जानकारी दिए।