वर्ल्ड कम्युनिकेसन अवार्डको दुई विधामा एनसेल सम्मानित
एनसेल आजियाटा लिमिटेडले ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधामा अवार्ड हात पारेको छ। एनसेल ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको हो।
९ कात्तिकमा टोटल टेलिकम कङ्ग्रेसको एक कार्यक्रममाझ अवार्डको विजेता घोषणा गरिएको थियो।
एनसेलले स्वास्थ्य, शिक्षा र वातावरणलाई प्राथमिकता राखेर गरेको योगदानलाई सम्झँदै ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ प्रदान गरिएको हो।
त्यस्तै, कोभिड–१९ महामारी, २०७२ को भूकम्प र अन्य विपद्का समयमा सरकार र समुदायलाई पुर्याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ दिइएको हो।
‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ का लागि अभरोआ केवल, इन्डोस्याट उरेडू, एनसेल आजियाटा नेपाल, ओरेन्ज ग्रुप, पीएलडीटी एन्ड स्मार्ट र पोलिक्याब इन्डिया गरी पाँच कम्पनी सूचीकृत भएका थिए।
एअरटेल युगान्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल आजियाटा लिमिटेड, उरेडू र ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डका लागि अन्तिम प्रतिस्पर्धामा थिए।
सन् १९९९ मा शुरू भएको वर्ल्ड कम्युनिकेसन अवार्डले विश्वभरका टेलिकम कम्पनीबाट छनोट गरेर सम्मानित गर्दछ।