होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता
नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘होण्डाको फेस्टिभ बोनान्जा’ योजना अन्तर्गत पहिलो विजेता घोषणा गरेको छ।
दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याइएको योजनाको विजेता लक्की ड्र मार्फत छानिएको हो।
बुटवलको ड्राइभ वे व्हिलस् प्रालिबाट डब्लूआरभी–एसभीएमटी खरीद गरेका सञ्जय नेपालले लक्की ड्र मार्फत रु.३ लाख ५० हजार नगद प्राप्त गरेका हुन्।
यस योजना अन्तर्गत ग्राहकले २ लाखसम्मको नगद छूट, १ वर्षसम्मका लागि निःशुल्क बीमा, सडक दस्तुर लगायत सुविधा पाउँछन्। त्यस्तै, ३ वर्षसम्मका लागि निःशुल्क सर्भिसिङ, स्पेयर पार्टस्मा ७ प्रतिशत छूटको सुविधा पनि रहेको छ।
साथै, हरेक १५ दिनमा एक जना ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन्।