जावाको यात्रा
नेपालका लागि जावा मोटरसाइकलको आधिकारिक वितरक अग्नि मोटो इंक प्रालिले मोटरसाइकल यात्राको आयोजना गरेको छ।
क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गरेका थिए। यात्रामा जावा मोटरसाइकल धनी युवाको सहभागिता थियो।
अग्नि मोटो इंकले नेपालमा जावा, जावा–४२ र जावा पेराक मोटरसाइकलको बिक्रीवितरण गर्दै आएको छ।
कम्पनीले काठमाडौंका साथै पोखरा, बिर्तामोड, विराटनगर, इटहरी, धरान, लहान, वीरगञ्जमा डिलर स्थापना गरेको छ। त्यसैगरी, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, सुर्खेत र बाग्लुङमा पनि जावा मोटरसाइकलका डिलर छन्।