टाटाको ‘नेक्सन डिजल बीएस-६’ नयाँ अवतारमा
टाटाले ‘नेक्सन डिजल बीएस-६’ कारलाई नयाँ स्वरूपमा ल्याएको छ।
ग्राहकको आधुनिक चाहना र रोजाइलाई ध्यानमा राख्दै यसलाई नयाँ स्वरूपमा ल्याइएको कम्पनीले जनाएको छ। यसको अगाडिको भाग पूरै बदलेर ‘स्लिम’ बनाइएको छ।
यो कारलाई फ्रन्ट ग्रिल, रिडिजाइन बम्पर, ह्विल र एलएडी जडानले डाइनामिक बनाएको छ। कारको भित्री स्वरूपमा डुअल टोन ब्ल्याक र सिल्भर रङलाई छोडी नयाँ रङले सजाएको कम्पनीले जनाएको छ।
कारभित्र केही परिवर्तन मात्रै गरिएको भए पनि ड्यासबोर्डलाई भने पूरै परिमार्जन गरी युजर फ्रेन्ड्ली र आकर्षक बनाइएको छ।
यस कारको मूल्य नेपाली बजारमा ४९ लाख ९९ हजार रहेको छ।