एभरेष्ट ब्याङ्कको सीईओमा सुदेश खालिङ नियुक्त
एभरेष्ट ब्यांक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ नियुक्त भएका छन्।
८ असोजदेखि खालिङले ब्याङ्कको कार्यभार सम्हालेका हुन्। खालिङसँग ब्याङ्किङ क्षेत्रकाे करीब ३५ वर्षको अनुभव छ।
एभरेष्ट ब्यांकका देशभर १०५ शाखा कार्यालय, १३७ एटीएम र ३१ वटा राजस्व सङ्कलन काउन्टर छन्। ११ लाखभन्दा बढी ग्राहक रहेको ब्याङ्कले जनाएको छ।