‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’ मा एनसेलको साथ
‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’ मा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरका रूपमा आबद्ध भएको छ।
ईपीएल ९ असोजबाट शुरू हुँदै छ। ईपीएल एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सकिनेछ। फोरजी सञ्जालका साथ एनसेलले ईपीएल आउटडोर खेल प्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिएको छ।
ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदान–प्रदान गर्न ईपीएल—एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने एनसेलको दाबी छ।
सन् २०१६ देखि शुरू भएको ईपीएल यो संस्करण १५५ देशमा प्रसारण हुँदै छ। पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ शाहिद अफ्रिदी पनि यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन्।