वेस्टर्न युनियनको ‘क्यास उत्सव’
बडा दशैं र तिहारको अवसरमा वेस्टर्न युनियनले ‘क्यास उत्सव’ योजना ल्याएको छ ।
यो योजना अन्तर्गत १ असोजदेखि २५ कात्तिकसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत ग्राहकले नगद पुरस्कार जित्न सक्नेछन् ।
योजनामा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका सात वटा मुख्य एजेन्ट– एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल ब्यांंक, डिजिटेक र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।
योजना अन्तर्गत हरेक हप्ता पाँच जनाले रु.२० हजार जित्नेछन् । योजनाको बम्पर लक्की ड्र ६ मंसीरमा गरिनेछ । जसमा एक जनाले रु.पाँच लाख पाउनेछन् ।