मदिरा उत्पादक संघको अध्यक्षमा वावरा निर्वाचित
नेपाल मदिरा उत्पादक संघको नवौं साधारण सभा सम्पन्न भएको छ।
नवौं साधारण सभाबाट ११ सदस्यीय कार्यसमिति चयन भएको हो। नयाँ कार्यसमितिको अध्यक्षमा वैजुप्रसाद वावरा, उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्ष फुलसिंह क्षेत्री चयन भएका छन्।
त्यसैगरी सुरेन्द्र उप्रेती महासचिव र वरुणकुमार शाह सचिव निर्वाचित भएका छन्। सदस्यमा किसन धनावत, भीमसेनकुमार श्रेष्ठ, नवीन थापा, सन्तोष कार्की र श्याम शाह चयन भएका छन्।