सामसङको ‘छूटको तरंग, दशैं तिहारमा उमंग’ योजना
सामसङ नेपालले दशैं–तिहारको अवसरमा ‘छूटको तरंग, दशैं तिहारमा उमंग’ उपहार योजना ल्याएको छ।
यस योजना अन्तर्गत सामसङका टीभी तथा डिजिटल अप्लाइन्सेस् खरीदमा आकर्षक छूटको व्यवस्था गरिएको छ। यो योजना १ असोजदेखि २९ कात्तिकसम्म लागू हुने कम्पनीले जनाएको छ।
ग्राहकले योजनाभर सामसङका टीभी, रेफ्रिजेरेटर, वाशिङ मेसिन खरीदमा ३५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, निश्चित उपकरणमा निःशुल्क जडानको व्यवस्था गरिएको छ। सामसङ प्लाजाको वेबसाइटबाट अनलाइन खरीद गर्ने सुविधा पनि ग्राहकलाई दिइएको कम्पनीले जनाएको छ। सामसङ प्लाजा तथा निश्चित आउटलेटबाट किस्ताबन्दीको सुविधा पनि राखिएको छ।
सामसङ नेपालले टीभीमा दुई वर्ष (एक वर्ष फूल प्रडक्ट वारेन्टी र थप एक वर्ष प्यानलमा) वारेन्टी प्रदान गरेको छ। रेफ्रिजेरेटर तथा एसीको डीआइटी कम्प्रेसरमा १० वर्षको वारेन्टी उपलब्ध गराइएको छ।
त्यसैगरी, वासिङ मेसिनको डीआइटी मोटरमा पनि १० वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ।